स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको भिमाद नगरपालिकामा २, आँबुखैरेनी गाउँपालिकामा १ गरि ३ जना संक्रमित थपिएका छन् । यो संगै तनहुँमा कुल कोरोना संक्रमित १६४ जना छ ।
आँबुखैरेनीमा आज कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनास नगरपालिका-१० घर भई हाल आँबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सैनिक रहेको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
प्रमुख उपाध्यायका अनुसार संक्रमित पुरुष रामशाह माविको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा पठाइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ६४ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा ८ जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ