पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खेलकुद पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गरेका छन् ।
पहिरोमा पहिरो घाइते भएका तथा विभिन्न विकास निर्माणको कामको अवलोकनका लागि पोखरा आएका मन्त्री विश्वकर्माले पाठकलाई सम्मान गरेका हुन् । गत असार २२ गते कारणवश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पुग्न नसकेका पाठकलाई पोखरामा उनी पोखरा आएको बेला सम्मान गरेका हुन ।
सो अवसरमा मन्त्री विश्वकर्माले राजधानी बाहिर पहिलो पटक पाठकलाई यो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले सम्मान प्रदान गर्दै पाठकको खेल पत्रकारिताको सफल जिवनको कामना समेत गरे । पाठकले सम्मानपत्र सहित नगद ५० हजार प्राप्त गरेका छन । पाठक सहित चार जनाले यो पुरस्कार प्राप्त गरेका छन् ।

साढे दुई दशक देखि पोखरा र काठमाण्डौमा रहेर खेलकुद पत्रकारिता गरिरहेका पाठकले पहिलो पटक यो सम्मान पाएका हुन । २०५९ सालमा गठन भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक समेत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार रहेका छन् ।
गत वर्ष मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा प्रचार प्रशार तथा प्रकाशन समितीको संयोजकको सफल भूमिका निर्वाह गरेका पाठक ‘पोखरा स्पोर्टस डटकम‘ का सम्पादक तथा पोखरा न्युजका कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु