पोखराको बाग्लुङ बसपार्कबाट ४ युवकले यसरी उठाए आमालाई औषधि किन्न गएकी बालिका (घटनाको पूर्ण विवरण)

पोखराको बाग्लुङ बसपार्कबाट ४ युवकले यसरी उठाए आमालाई औषधि किन्न गएकी बालिका (घटनाको पूर्ण विवरण)

4 yubak kishori

रञ्जन अधिकारी, पोखरा । घटना मंगलबार सबेरै हो । पोखरा महानगरपालिका वडा नं. २, बागलुङ बसपार्क नजिकै सहारा हस्पिटल अगाडि एक १४ वर्षकी बालिका उभिइरहेकी थिइन् । बिहान साढे ६ बजेतिरको समय थियो । स्थानिय ति बालिका आफ्नी आमाको लागि औषधि किन्न आएकी थिइन् । उनी औषधि किनेर बाहिर सडक छेउ निस्किइन् । चार जना युवकहरु ग १ च ७७४५ नम्बरको निलो कारमा आए । कारमा थिए – कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. १० घान्द्रुक घर भई हाल अन्नपूर्ण वडा नं. ३, काँडे बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण ३ काँडेकै २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे ७ धम्पुस घर भई अन्नपूर्ण ३ काँडे नै बस्ने १९ वर्षीय पुकार गुरुङ र काँडेकै १८ वर्षीय शुशल गुरुङ ।

उनीहरुले बालिकालाई देखे । एक होटलमा लगेर मोज गर्ने कुविचार जाग्यो । बालिका नजिकै गए । ‘बहिनी हामी टाढाबाट आएको । पोखरामा कहिँ होटल चिनेका छैनौँ । तिमीलाई थाहा छ कुनै होटल ? यता हैन, लेकसाइडतिर ।’ उनीहरुले पालैसँग बालिकलाई आग्रह गरे । बालिकाले आफूले नदेखेको भन्दै तर्किइन् । तर उनीहरु अगाडि बढेनन् । ‘आउ बस । तिमी कता जाने हो पु¥याइदिन्छौँ । होटल देखाइदेउ । आउन बस । डर नमान न ।’ भनेर बालिकालाई कारमा राखे ।

बालिकालाई बीचमा राखेर उनीहरु सिधै लेकसाइड हानिए । डिहिकोपाटन स्थित ‘होली शिव होटल’ अगाडि पुगे । बालिकाले ‘होटल यहीँ छ’ भनिन् । कारबाटै नओर्ली युवकहरुले ‘यो होटल त हेर्दै ठीक लागेन अर्को होटल हेरौं’ भनेर कार अघि बढाए । पोखरा ६ लेकसाइड खहरेको बंगलादी डाँडामा रहेको ‘नेचर कनेक्शन होटल’मा पु¥याए । होटलसम्मै गाडी नजाने भएकाले केही मिटर तलै रोकेर हिँडेर चारै जना गए । सकेसम्म होटलवालालाई अपहरण गरी ल्याएको थाहा नपाउने गरी होटलको रुम लिने उपाय निकाले । कोठा नं. २०३ बुक गरे ।

कोठामा योगेश थकालीले ति बालिकालाई लगे । ३ जना माथि टपमा गएर भ्यू हेर्दै बसे । उनीहरुले पालैसँग शारिरीक सम्पर्क राख्ने योजना बनाएका थिए । योगेशले बालिकालाई जबर्जस्ती गर्न सुरु गर्न थाले । आफ्नो कपडा खोले । बालिकाले प्रतिकार गरिन् । डराएर माथि तीन जना युवकहरु भएको ठाउँमा उक्लिन् । उनले आफूमाथि भएको हर्कतबारे जानकारी गराउँदै घर पु¥याउन आग्रह गरिन् । कपिल गुरुङले ‘ए त्यसले यस्तो पो गर्यो । ल हिँड घर लगिदिन्छु’ भनेर तल झारे । पुनः तल कोठामा लगे । कपिलले दुव्र्यवहार गर्न थाले । बालिका पुनः उम्कन सफल भइन् । सिधै तल रिसेप्सनिष्टमा पुगिन् । उनले फोन गर्न खोज्दा ल्याण्डलाइन छैन भनियो । किचनको रुमबाट म्युजिक बजिरहेको सुनिन् । र, त्यहीँ पुगेर चार्जमा राखेको मोबाइलबाट आफ्नो बुबालाई फोन गरी आफू होटलमा रहेको र तुरुन्त आउन भनिन् । त्यसपछि बुबाले प्रहरीलाई खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुग्यो । प्रहरीकहाँ सूचना पुगेको थाहा भएपछि पर्वततिर भागेका उनीहरुलाई पोखरा १८ लामागाउँबाट प्रहरीले कारसहित पक्राउ गरेको हो ।

कास्की प्रहरीले घटनाको मोटामोटी जानकारी बुधबार साँझ पत्रकारहरुलाई गरायो । अहिले चार जनालाई नै अपहरण तथा शरिर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । चार जना मध्ये दुई जना योगेश र कपिल सशरीर जबर्जस्ती करणी प्रयासमा सामेल छन् । अन्य दुई जना किशोरहरु सुशल र पुकार यौन क्रियामा संलग्न हुन पाएनन् । यद्यपी, उनीहरु चारै जनाको मनसाय बालिकालाई बलात्कार गर्ने नै थियो ।

गोप्य श्रोतको सहयोगमा घटना विवरण बुझेपछि डिएसपी हमाललाई घटनाबारे जानकारी माग्यौँ । उनले भने– ‘रेप केस हो । आरोपी र स्थान बाहेक पीडितका नाम ठेगाना सबै गोप्य राख्नुपर्छ । त्यसैले भन्न मिल्नेजति सूचना जारी गरिसक्यौँ ।’

‘होटल सञ्चालकसँग के भयो ?’ भन्ने प्रश्नमा हमालले भनेः ‘घटनापछि अनुसन्धानका लागि सञ्चालकलाई हामीले ल्यायौँ । प्रारम्भिक बयानमा उहाँ संलग्न भएको देखिएन । आवश्यक परेको खण्डमा उपस्थित हुने गरी तारेखमा छाडेका छौं ।’

नेचर कनेक्शन होटलको फोन नम्बर बन्द अवस्थामा छ । म्यानेजिङ डाइरेक्टरको व्यक्तिगत नम्बरमा दुई पटक फोन गर्दा उठेन ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ