भैंसीलाई पानी खुवाउन राखेको ड्रम भित्र स्याङ्जाका एक पुरुष मृत फेला

भैंसीलाई पानी खुवाउन राखेको ड्रम भित्र स्याङ्जाका एक पुरुष मृत फेला

death body

स्याङ्गजामा भैंसीलाई पानी खुवाउन राखेको ड्रम भित्र एक ब्याक्ति मृत अबस्थामा फेला परेका छन्

शनिबार बिहान अन्दाजी ५ बजेको समयमा फेदिखोलामा गाउँपालिका वडा नं -१ कटुन्जेस्वारा बस्ने बर्ष ६९ का गोबिन्द प्रसाद पराजुली आफ्नै घर र गोठको बिचमा रहेको भैंसीलाई पानी खुवाउन प्रयोग गरिने २०० लिटरको ड्रम भित्र मृत अबस्थामा फेला परेका हुन् ।

स्याङ्गजाका डिएसपी राजेन्द्र अधिकारीले घटनाको पुष्टी गर्दै अहिले भर्खर मात्र शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिए । “शबको प्रकृति हेर्दा अस्वाभाविक देखिदैन, भर्खर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्याएको छ, रिपोर्ट पछी सत्य तथ्य बाहिर आउला गण्डक न्यूज संग डिएसपी अधिकारीले भने ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ