चिनियाँ सोसल एप् टिकटकलाई सर्वाधिक प्रयोगकर्तामध्ये अगाडि रहेको देश भारतले प्रतिबन्ध लगाएको छ । नेपालमा भने यसको मज्जैले उपयोग गरिरहेका छन् । कतिले दुरुपयोग पनि गरेका छन्, उनीहरु कानुनी फन्दामा समेत परेका छन् । कास्कीका युवक अहिले टिकटकमा पोष्ट गरेको भिडियोकै कारण प्रहरी खोरमा जाक्किएका छन् । उनी ३ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
माछपुच्छ्रे गाउँपालिका वार्ड नं ४ लाहाचोक घर भएका १९ वर्षीय सुवास नेपालीले आफ्नो टिकटक आइडी (subashnepali20 जुन अहिले डिएक्टिभेट अवस्थामा छ) मा कुकुरलाई समातेर लगेर बैचरको भिरको डिलबाट तलतिर हुत्याइदिएको भिडियो पोष्ट गरे । भिडियो अर्काले खिचेका छन् । सयौंले उनको यो हर्कतबारे असहमति जनाउँदै कमेन्ट गरेका थिए । भाइरल बनाउने सोचले हालेको भिडियो भाइरल पनि भयो, भ्यूज पनि बटुल्यो तर यसको परिणाम उनले सोच्दै नसोचेको आयो । तर, पशु अधिकारकर्मी कमेन्ट गरेर मात्र चित्त बुझाएर बसेनन् । सिधै कानुनी उपचार खोजिहाले ।
गत असार २९ गते साँझ ६ बजेतिर सुवासले कुकुरलाई भिरबाट फालिदिएको खुलेको छ । पशु कल्याण संघ नेपालको अगुवाईमा स्नेहाज् केयर, आत्म उत्सर्ग लगायत पशुअधिकार क्षेत्रमा क्रियाशील संस्थाहरुले प्रहरीको सहयोग लिए । यो कार्य कास्कीका बासिन्दाले गरेको पत्तो लागेपछि साउन १ गते जाहेरी दर्ता गरे । यसलाई कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पुष्टि गरेका छन् । कास्की प्रहरीले तुरुन्त अभियुक्त पक्राउ गरी ल्याएको र अनुसन्धान कार्य भइरहेको हमालले बताए ।
संघले घटनाको संवेदनशीलता र गम्भीरतालाई मनन् गरी अनुसन्धानमा तदारुकताका साथ काम गर्ने कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरेको छ ।बयानमा सुवासले आफ्नी ठूलीआमाको घरमा पालेको कुकुरमा घाउ भएपछि सञ्चो नहुने ठानेर भिरबाट फालिदिएको बताइएको छ । सो घटनामा उनको ठूलीआमा र भिडियो बनाउने व्यक्ति समेत दोषी हुन सक्ने देखिएको संघको ठम्याई छ ।
पशु कल्याण संघ नेपालकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी स्नेहा श्रेष्ठको यस्ता क्रुर प्रकारका घटनालाई क्षमा दिन नसकिने भन्दै जनावरलाई माया गर्नुपर्नेमा जोड दिएकी छिन् ।

के छ कानुनी व्यवस्था ?
पशु कल्याण ऐन अझै पनि नेपालमा बनिसकेको छैन । मुलुकी ऐनले नै कानुनी कारबाही हुने गर्छ । मुलुकी ऐन २०७४ अनुसार पशुजन्य हिंसा गर्नेलाई तीन महिनासम्मको कैद र पाँच हजारसम्मको जरिवानाको व्यवस्था छ।

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन