लमजुङ भोर्लेटारका पहिरो पीडितलाई लायन्सको सामुहिक सहयोग

लमजुङ भोर्लेटारका पहिरो पीडितलाई लायन्सको सामुहिक सहयोग

Lion pahiro pidit help

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ६ भोर्लेटारका पहिरो पिडीतलाई लायन्स क्लबले सहयोग गरेको छ ।

६० घरपरिवारलाई लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बि १ नेपालका क्लष्टर २० मा पर्ने रिजन ४० र ४१ तथा जोन ७९, ८०, ८१, ८२ अन्तरगतका १४ वटा क्लबहरुले संयुक्त रूपमा राहत वितरण गरेका हुन ।

६० घरपरिवारका लागि चामल, अन्य खाद्यान्न र ब्ल्याङकेट लगायतका सामाग्रीहरु उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।

मध्यनेपाल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुभक्त पौडेलले स्थानीय रुपमा सहजीकरण गरेका थिए ।

क्लष्टर चिफ चन्द्रप्रसाद अधिकारीको संयोजनमा सम्पन्न कार्यक्रममा डिपार्टमेन्ट चिफ हरिराज पन्त, रिजन चियरपर्सन वैकुण्ठ पौडेल, जोन चियरपर्सनहरु गोबिन्द देबकोटा, नारायण अधिकारी, गोबिन्द काफ्ले तथा विभिन्न क्लबका अध्यक्षसहित अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन रिजन चियरपर्सन मोहन सुबेदीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds