गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तेह्रथुम – बाढीले बगाएर नग्न अबस्थामा रुखको जरामा मृत भेटिएकी महिला तेह्रथुम म्याङलुङकी ३६ बर्षीया अञ्जना लिम्बु रहेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार लालीगुँरास नगरपालिका–९ ढाडेखोलाले बगाएर उनको मृत्यु भएको हो ।
छथर गाउँपालिकास्थित माइती घर जानेक्रममा सोमबार दिउँसो उनलाई खोलाले बगाएको हो । अञ्जनासंगै उनका पति भेषराज लिम्बुलाई पनि खोलाले बगाएको हो । भेषराज खोलाबाट निस्कन सफल भएपनि अञ्जनालाई भने उनले निकाल्न सकेनन् । जिरीखिम्ती बजार डेरा गरी बस्ने उनीहरुको स्थायी घर म्याङलुङ नगरपालिका–६ अम्फुवा रहेको प्रहरीले जानकारी दिएको छ ।
खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरिखिम्ति र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला पारेको हो । भेषराजलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङतर्फ पठाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते