गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२९ पुग्यो

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२९ पुग्यो

Corona update 3

पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा म्याग्दीका ३ जना बाग्लुङका ३ जना र स्याङ्गजाका ३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ जना र बेनी नगरपालिकाका १ जना पुरुष छन् । त्यस्तै बाग्लुङ्गको ताराखोला गाउँपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी स्याङ्गजाको फेदीखोला गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारि भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ३ सय २९ जना पुगेको छ । त्यसै गरी गण्डकीमा १ हजार २० जना भने डिस्चार्ज भएर घर फर्केका छन् ।

कोरोनाका कारण अहिलेसम्म गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ