नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’ (भिडियो सहित)

नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’ (भिडियो सहित)

Ma timrai hu maya netra

पोखरा –निर्देशक तथा गायक नेत्र गुरुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘म तिम्रै हुँ माया’ बोलको गीत नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको भिडियो नेत्र आफैले निर्देशन गरेका हुन् । आफ्नै स्वर र संगीतमा तयार गरेको गीतको भिडियोमा गुरुङले निपुर्ण कुँवर र निमृता घिमिरेलाई अभिनय गराएका छन् । ‘गीतको भावअनुसार मैले यो भिडियोलाई निर्माण गरेको छु । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई आफ्नो प्रेम दर्शाएको कुरालाई देखाउन खोजिएको छ ।’ गायक तथा निर्देशक गुरुङले भने–‘भिडियो मेकिङको हिसाबले पनि यसलाई केही फरक शैली दिन खोजिएको छ ।’

सार्वजनिक गीतको भिडियोको डिओपी पनि गुरुङ आफै हुन् । भिडियोको छायाँकनमा उनलाई प्रकाश गुरुङ ‘काश’ र निर्देशक गुरुङले सघाएका हुन् ।

गीतको शब्द समेत नेत्र गुरुङ आफैले गरेका हुन् भने गीतको संगीत सँयोजन बिनोद रसाईलीले गरेका हुन् । गीतको मिक्सिङ सिजन बज्राचार्यले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ