बागलुङमा सुख्खा पहिरो खस्दा दुई चालक बेपत्ता

बागलुङमा सुख्खा पहिरो खस्दा दुई चालक बेपत्ता

bagling

बागलुङ : शनिबार राती ८ बजेतिर रामरेखा सामुदायिक वनक्षेत्रमा गएको सुख्खा पहिरोले स्काभेटर, ट्याक्टर र टिप्पर पुरेको छ।

बागलुङ-पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहे घाट जाने बाटोको बीचमा खसेको पहिरोमा पुरिएको ट्याक्टर र टिप्परका चालक बेपत्ता रहेका प्रहरी निरीक्षक हेम दीपक रेग्मीले जानकारी दिएका छन्‌। पहिरोमा पुरिएको स्काभेटरका चालक मात्र सम्पर्कमा आएका छन्‌।

रातको समयमा ढुंगा ओसार्न गएका भनिएका ट्याक्टर चालक निर्मल पुन मगर र टिप्पर चालक रोशन नेपाली अझै फेला नपरेका हुन्‌। उनीहरूको मोबाइलमा फोन लागेको, तर नउठाएकाले पहिरोमै पुरिएको हुनसक्ने आशंका गरिएको छ।

लगातार पहिरो खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। रातको समयमा ढुंगा ओसार्न लगिएका सवारीसाधन बागलुङका स्थानीय ठेकेदार विमलेश आचार्यको रहेको स्थानीयले बताएका छन्‌।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ