आशिष पुरी । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थल १० जुलाई २०२१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । कोरोना महामारी आउनुअघिसम्म ६ महिना अघि नै काम सम्पन्न गरिसक्ने बताउँदै आएको निर्माण पक्ष कोरोना कहरले भने काम सोचेनुरुप अघि बढ्न सकेन ।
कोभिड-१९ का कारण सरकारले देशैभरी लकडाउन गरेपछि निर्माण सामाग्री ढुवानीमा परेको समस्या, मजदुर एवं प्राबिधिकहरुको अभावले निर्माणको काम सुस्त भएको थियो । तर, लकडाउन खुलेपछि भने काम धमाधम भइरहेको छ ।
लकडाउनका कारण केहि समस्या आएपनि समयमै सक्ने गरी काम भैरहेको पोखरा क्षेत्रीय विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टयाक्सी-वे र एप्रोन निर्माणसहित कन्ट्रोल टावर भवनको स्टिल स्ट्रक्चरको काम सम्पन्न भएको छ । विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवनको अधिकाशं काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म समग्रमा ६२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।
अहिले निर्माणस्थलको ह्याङ्गर भवन लगाएत मुख्य टर्मिनल भवनको छतमा ट्रस्ट राख्ने काम सकेर विद्युत जडान गर्ने सहित फिनिसिङ्गको काम भैरहेको आयोजनाले जनाएको छ ।






सम्बन्धित खबर
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित