स्याङ्जामा कोरोना फैलिएपछि पर्वतका नाकामा पनि कडाई 

स्याङ्जामा कोरोना फैलिएपछि पर्वतका नाकामा पनि कडाई 

syanja

छिमेकी स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने र बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको छ । पर्वतको मध्य र दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकामाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको हो । दक्षिण पर्वतको ब्यापारिक कारोबार र आगमन सबै स्याङ्गजा संग निर्भर छ ।

दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रने हुवास, कार्किनेटा लगायतका नाकामा बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

इलाका प्रशासन र इलाका प्रहरी कार्यालय हुवासलाई त्यस क्षेत्रमा भित्रने र बाहिरीने सवारी साधनलाई अत्याबश्यक काम र बिरामी बाहेक कसैलाई नछाड्न निर्देशन दिइएको प्रजिअ रेग्मीले बताउनुभयो ।‘संक्रमणको जोखिम बढेपछि नाकामा कडाई गरिएको छ’ प्रजिअ रेग्मीले भन्नुभयो ‘अत्याबश्यक काम बाहेक बाहिर नजान र नआउन सबैलाई सचेत बनाइएको छ ।’

संक्रमण फैलन नदिन पर्वतको सदरमुकाम कुस्माबजारमा मास्क नलगाई हिड्नेलाई फेरी काबार्ही गर्न थालिएको छ भने पर्वतबाट अन्य जिल्लामा जाने सवारी साधनलाई पास अनिवार्य गरिएको छ । झण्डै दुई साता साना सवारी साधनलाई बिना पास पोखरा पठाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ