लागु औषध कारोबारीद्वारा प्रहरी माथि आक्रमण, तीनजना घाइते, सात पक्राउ

लागु औषध कारोबारीद्वारा प्रहरी माथि आक्रमण, तीनजना घाइते, सात पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

मोरङ –  लागु औषध कारोबारीको आक्रमणमा परी मोरङमा तीनजना प्रहरी घाइते भएका छन्  ।

जिल्लाको बुढीगंगामा लागुऔषध (कोरेक्स) र गाँजाको कारोबार भइरहेको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको हो । आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । घाइते मध्ये एक प्रहरी जवानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी खड्काले जानकारी दिए । लागु औषध कारोबारीले एकाएक प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ ।

घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिए । गम्भीर घाइते प्रहरीको विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds