आइतबारदेखि बारामा अनिश्चितकालीन निषेधाज्ञा (बिज्ञप्ति सहित)

आइतबारदेखि बारामा अनिश्चितकालीन निषेधाज्ञा (बिज्ञप्ति सहित)

jilla-prashasan-karyalaya-Bara

बारा –  जिल्ला प्रशासन कार्यालय बाराले छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै आइतबार देखी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न भन्दै आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक कोही पनि नागरिक घरबाट बाहिर निस्कन न भेला हुन नपाउने, अत्यावश्यक सेवामा संग्लन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने,  कार्यालयहरु बन्द गर्ने, निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइने, भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने, कलकारखाना सञ्चालन गर्दा कामदारलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल तथा क्वाटरमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्नुपर्ने लगायतका छन् ।

यस्तो छ बिज्ञप्ति !

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ