तनहुँ । तनहुँको दमौलीमा मास्क नलगाई हिड्ने ५८ जनालाई शुक्रबार प्रहरीले कारवाही गरेको छ ।
उनीहरुलाई १०० रुपैयाँ जरिवाना समेत गरिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार १०० जना र बिहिबार ७२ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मास्क नलगाई पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, डिएसपी तिमिल्सिनाले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सञ्चालन गरिएको कारवाही अभियानमा कारवाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरुपमा जानकारी समेत गराइएको प्रहरीले जनाएको छ ।
सरकारले कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकलाई अनुरोध गरेको छ ।
हाल लकडाउन खोलिएपनि कोरोनाको जोखिम भने कायमै रहेको अवस्थामा मास्क लगाई अन्य स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सरकारले नगारिकलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस