रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुइ जना सहचालकलाई पक्राउ गरेको हो ।
चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर-१ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका-१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।
बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए ।
बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ ।
बरामद ट्रक इलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पीडित युवतीको अभिभावक हालसम्म सर्म्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन