पेट्रोल र डिजलको मूल्य बढ्यो

पेट्रोल र डिजलको मूल्य बढ्यो

petrol

काठमाण्डौ – नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा बृद्दि गरेको छ।

निगमले पेट्रोल र डिजेलको मुल्यमा २/२ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १०३.५० र डिजेल र मट्टीतेलको मूल्य ८९.५० कायम भएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको बिज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ