आफैले पालेको भालेले ठुंगेर महिलाको मृत्यु

आफैले पालेको भालेले ठुंगेर महिलाको मृत्यु

cock

एजेन्सी – अस्ट्रेलियामा कुखुराको भालेले एक महिलाको ज्यान लिएको छ । एक वृद्धा महिला पालेको कुखुको भालेले उनकै ज्यान लिएको हो ।

उक्त वृद्धाले दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि खोर बनाएर कुखुरापालन गरेकी थिइन् ।

उनी कुखुराले पारेको अण्टा संकलन गर्न खोरमा गएकी थिइन् । त्यही बेला वृद्धा महिलामाथि भाले जाइलाग्यो ।

भालेले वृद्धा महिलालाई ठुग्न थाल्यो । भालेले ठुगेको ठाउबाट उनको शरिरबाट रगत बग्यो र उनको मृत्यु भयो ।

कुखुराले ठुगेर नै वृद्धा महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई अनौठो घटना भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ