गोरखा पालुङटारका वडाअध्यक्ष १४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

गोरखा पालुङटारका वडाअध्यक्ष १४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

Rape jpg

गोरखा । प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो ।

रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ