अमरसिंहचोकमा स्कुटरको ठक्करबाट २० महिनाकी बालिका घाइते

अमरसिंहचोकमा स्कुटरको ठक्करबाट २० महिनाकी बालिका घाइते

amarsingh

पोखरा – स्कुटरको ठक्करबाट पोखरामा एक वालिका घाइते भएकी छन ।

पोखरा महानगरपालिका -१० अमरसिंहचोकमा नम्वर नखुलेको स्कुटरले ठक्कर दिंदा अमरसिंहचोक बस्ने २० महिनाकी बालिका सिरिया सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरले बालिकालाई ठक्कर दिएर भागेका कारण नम्वर खुल्न सकेको छैन । यद्यपी ठक्कर दिने स्कुटरको खोजी भैरहेको कास्कीका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) सुवास हमालले जानकारी दिए । घाइते बालिकाको हाल पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ