बुधवार पोखरामा भेटिएका नौ संक्रमित कुन-कुन वडाका ?

बुधवार पोखरामा भेटिएका नौ संक्रमित कुन-कुन वडाका ?

Pokhara Mahendrapul

Photo: Sanjay Shakya

पोखरा –  स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका नौ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा महानगरका नौ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये सातजना महानगरको क्वारेन्टाइनमा रहेका र दुई जना घरमै सेल्फ क्वारेन्टाइनमा रहेका छन्  ।

घरमै सेल्फ क्वारेन्टाइनमा रहेका संक्रमित पोखरा महानगर -१३ र १० नम्वर वडाका छन भने, महानगरको क्वारेन्टनमा रहेकामा संक्रमितहरु पोखरा -८ का १ जना, १७ का २ जना, १८ का १ जना, १२ का २ जना, २३ का १ जना रहेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिहरुलाई अहिले आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ