पोखरा – गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा प्रदेशका चार जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कास्की, पर्वत, गोरखा र नवलपरासीका छन । कास्कीको पोखरा महानगरपालिकाका वडा नं -४ का २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं १३ कि ३० बर्षीया महिला, गोरखा पालुङटार नगरपालिकाका ६ र ९ वडाका ३५ र २४ बर्षीय पुरुष, सिरानचोक गाउँपालिकाका २५ बर्षीय पुरुष, बारपाक सुलिकोटका २२ र २९ बर्षका पुरुष, गोरखा नगरपालिकाकी २४ बर्षीया महिला र नवलपरासी (पूर्ब) हुप्सेकोटका २३, २५, २५ बर्षका पुरुषको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या १५६६ पुगेको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा