पोखरा -४ का एक युवक सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टी

पोखरा -४ का एक युवक सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टी

Corona update 4

पोखरा – गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा प्रदेशका चार जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु कास्की, पर्वत, गोरखा र नवलपरासीका छन । कास्कीको पोखरा महानगरपालिकाका वडा नं -४ का २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं १३ कि ३० बर्षीया महिला, गोरखा पालुङटार नगरपालिकाका ६ र ९ वडाका ३५ र २४ बर्षीय पुरुष, सिरानचोक गाउँपालिकाका २५ बर्षीय पुरुष, बारपाक सुलिकोटका २२ र २९ बर्षका पुरुष, गोरखा नगरपालिकाकी २४ बर्षीया महिला र नवलपरासी (पूर्ब) हुप्सेकोटका  २३, २५, २५ बर्षका पुरुषको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या १५६६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ