रुपन्देहीको रोहिणीमा भयानक कार दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

रुपन्देहीको रोहिणीमा भयानक कार दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

car-accidient

रुपन्देही – परासीबाट भैरहवा तर्फ आउंदै गरेको कार अनियन्त्रित भइ पल्टंदा कारमा सवार तीनजनाको मृत्यु भएको छ । घटनामा एक घाइते भएका छन ।

शुक्रबार राती ९: ३५ बजेको समयमा रुपन्देहीको रोहिणी गाउँपालिका -४ छिपागढस्थित हुलाकी सडक हुँदै भैरहवा तर्फ जाँदै गरेको लु २ च ६७५६ नम्वरको कार आफै अनियन्त्रित भइ सडकबाट १० मिटर उत्तरतर्फ पल्टिएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार चारजना सवार उक्त कार दुर्घटना भएलगत्तै उपचारका लागि भिम अस्पताल भैरहवा लगिएकोमा तीनजनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरु सिद्धार्थनगर नगरपालिका वार्ड नं- ४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका-३ मर्यादापुर बस्ने बर्ष २८ का नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका -१२ पथगावा बस्ने १२ बर्षीय बालक प्रदिप ठाकुर रहेका छन ।

यस्तै दुर्घटनाका अर्का घाइते रुपन्देही ओमसतिया गाउँपालिका -४ बालापुर बस्ने बर्ष ३४ का अनिल यादव रहेको बुझिएको छ । उनलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रवक्ता खत्रीले जानकारी दिए । खत्रीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ ।

– सांकेतिक फोटो

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ