होटल संघ पोखराद्वारा कर्मचारी र संचालकका लागि स्वास्थ्य सुरक्षा अभिमुखिकरण आयोजना

होटल संघ पोखराद्वारा कर्मचारी र संचालकका लागि स्वास्थ्य सुरक्षा अभिमुखिकरण आयोजना

Hotel-sangh

पोखरा – पश्चिमाञ्चल होटल संघ पोखराले संघ अन्तर्गत संचालित होटलका कर्मचारी र संचालकहरुका लागि दुई दिने स्वास्थ्य सुरक्षा कार्यविधि अभिमुखिकरण तालिम पोखरामा आयोजना गरेको छ । विभिन्न चरणमा गरी अभिमुखीकरणमा कूल एक सय जनाले भाग लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

कर्मचारी र संचालकहरुलाई कोरोना भाइरससँग लड्दै होटलमा आउने पाहुनालाई कसरी पर्यटकीय सेवा प्रदान गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले स्पष्ट पारे । संघले आउँदो पर्यटकीय सिजनबाट पूर्ण रुपमा सेवा प्रदान गर्ने गरी संघ अन्तर्गतका सदस्य होटलहरुलाई पूर्व तयारी अगाडि बढाउन यस अघि नै आग्रह गरिसकेको पनि तुलाचनले स्मरण गराए । सेप्टेम्बर, अक्टोवर र नोभेम्बर महिनालाई पोखरामा मुख्य पर्यटकीय सिजन भनेर बुझ्ने गरिएको छ ।

कोरोना भाइरसका कारण चैत ११ गतेबाट सुरु भएको एक सय २० दिने देशव्यापी लकडाउन साउन ६ गते स्थगित गरिएसँगै साउन १५ गतेबाट होटल तथा रेष्टुृराँ खोल्न सकिने भनी सरकारले घोषणा गरेको थियो । सोही अनुसार १० देखि १५ प्रतिशत होटल मात्र पोखरामा हाल सेवामा खटेका छन । सबै होटलको पूर्ण संचालन भने भाइरसको प्रभावले कस्तो रुप लिन्छ भन्नेमा भर पर्ने व्यवसायीले बताएका छन् ।

सरकारले तय गरेको होटल संचालन कार्यविधि अनुरुप होटल तथा रेष्टुरेण्ट कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ख्याल गरी तालिम प्रदान गरिएको हो । यस विषम परिस्थितिमा सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धि कार्यविधि अपनाएर होटल व्यवसाय संचालन गर्नु पर्ने प्रावधान भए अनुरुप संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखराको लेकसाइडमा निःशुल्क स्वास्थ्य सुरक्षा कार्यविधि सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेको हो ।

आयोजित कार्यक्रमको आरम्भमा विहीबार संघका अध्यक्ष तुलाचनले तालिमको औचित्यबारे प्रष्ट पारेका थिए भने संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुली तथा अन्य सदस्यको समेत उपस्थिति रहेको थियो । इन्टरनेश्नल मेडिकेयर एण्ड एसिष्टेण्ट सेन्टरका डाइरेक्टर डा. मुकेश मल्लिक र होलिष्टिक प्रपोज ग्रुप नेपाल प्रालिका फुड टेक्नोलोजिष्ट अशिम सिग्देलले अभिमुखिकरणको सहजिकरण गरेका थिए । बर्दान अनलाइन स्टोरका तर्फबाट समेत सचेतना प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ