पहिरोले पधेँरो पुरेपछि पोखरा -३३ मा खानेपानीको समस्या

पहिरोले पधेँरो पुरेपछि पोखरा -३३ मा खानेपानीको समस्या

katuje

पोखरा – लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् ।

सारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यस यताकोलगातारको बाढीले पटक पटक क्षति पु¥याए पछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार परापूर्व कालदेखि कटुजे पँधेरोबाट यहाँका पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारी लगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएका छन् । पिउने पानीका साथै पशुबस्तुका लागि यहीँको पानी उपयोग हुँदै आएको थियो ।

कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुईवटा मुहान रहेकोमा दुईवटै पहिरोले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेलले बताए ।

पँधेरोमा भएको क्षति र यसले सर्वसाधारणको दैनिकीमा पारेको समस्या बारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उनले यथासक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति सुचारु गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ