पोखरा – लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् ।
सारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यस यताकोलगातारको बाढीले पटक पटक क्षति पु¥याए पछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार परापूर्व कालदेखि कटुजे पँधेरोबाट यहाँका पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारी लगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएका छन् । पिउने पानीका साथै पशुबस्तुका लागि यहीँको पानी उपयोग हुँदै आएको थियो ।
कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुईवटा मुहान रहेकोमा दुईवटै पहिरोले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेलले बताए ।
पँधेरोमा भएको क्षति र यसले सर्वसाधारणको दैनिकीमा पारेको समस्या बारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उनले यथासक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति सुचारु गर्नुपर्ने बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ