पोखराका चार सहित गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी

पोखराका चार सहित गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी

Corona update 4

पोखरा –  पोखराका चार सहित गण्डकीमा थप ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा प्रदेशका तीन जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कास्की,  बाग्लुङ  र तनहुँ जिल्लाका छन ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -५ र ३० का ११ बर्षीय वालक र ३० बर्षीय पुरुष तथा वडा नं -५ र १७ का ३८ र ४५ बर्षका महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ।

यस्तै बाग्लुङ नगरपालिका वडा नं -४ र ३ निवासी २२ बर्षीया महिला र ३९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ । भने, तनहुंको बन्दीपुर गाउँपालिका वडा नं -६ र ३ का १९ र २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ