पोखरा -२६ का एक पुरुष सहित गण्डकीका थप चार जनामा कोरोना संक्रमण पुष्टी

पोखरा -२६ का एक पुरुष सहित गण्डकीका थप चार जनामा कोरोना संक्रमण पुष्टी

corona

symbolic picture

पोखरा – गण्डकीमा थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका चार जिल्लाका चार जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु लमजुङ, कास्की, पर्वत र नवलपुरका छन ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -२६ का ४९ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ ।

यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका ३२ बर्षीय पुरुष, पर्वत पैयुँ गाउँपालिका वडा नं -७ का २० बर्षीय पुरुष र नवलपुर गैंडाकोट नगरपालिका वडा नं -२ का २५ बर्षीय पुरुषको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित चारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कुल संक्रमितको संख्या १६६० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ