किरण श्रेष्ठ, तनहुँ । तनहुँका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् ।
तनहुँको भानु नगरपालिकामा ठेकेदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मंगलबारबाट जिल्लाको भानु नगरपालिकाले एक हप्ताका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको थियो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
यस्तै, बन्दिपुर गाउँपालिकाले शुक्रबारबाट लागु हुने गरी पुन: एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । शुक्रबार बन्दिपुर गाउँपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

शुक्रबार मात्रै जिल्लाको भानुमा २० जना संक्रमित थपिएका छन् ।
बन्दिपुर गाउँपालिकाका अनुसार लकडाउनको समयमा गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक(स्वास्थ्य, संचार, दुग्ध, खाद्यान्न, तरकारी, दाना) बाहेकका सम्पूर्ण बजार, उद्योग, बैंक तथा बित्तिय संस्थाहरु पूर्णरूपमा ठप्प हुनेछन् ।
त्यस्तै अन्यावाश्यक बाहेक घर बाहिर ननिस्किन, सभा तथा सम्मेलन, भोजभतेर तथा खेलकुदका कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
साथै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन अनुरोध समेत विज्ञप्तिमा भनिएको छ । मास्क नलगाउनेलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना समेत गरिने गाउँपालिकाले जनाएको छ ।
प्रशासनले जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जीमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, व्यापार, व्यवसाय नगर्न निर्देशन दिँदै आएको छ । तर यसको पूर्णपालना र अनुगमन हुन सकेको छैन ।
संक्रमितको संख्या २१० पुग्यो
तनहुँमा कोरोना संक्रमितको संख्या २१० जना पुगेको छ । यस्तै गरी निको हुनेको संख्या १८० जना रहेका छन् । जिल्लाका ३० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

समुदायमा कोरोना संक्रमण हुन थालेसंगै कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लाको भानु, देवघाट लगाएतका स्थानिय तहमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ