तनहुँ । तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहिबार थपिएका संक्रमित भानु-६ का ३७ वर्षीय एकजना पुरुष हुन भने अर्को ठेगाना नखुलेको भानु मै कार्यरत २८ वर्षीय पुरुष हुन ।
स्वाब दिएपछि उनीहरु आफ्नै घर र भन्सार प्रहरी चौकीको क्वारेन्टिनमा बसेका थिए । संक्रमित मध्य २८ वर्षीय पुरुष प्रहरी हुन भने ३७ वर्षीय पुरुष निर्माण व्यवसायी हुन ।
गत साउन ३२ गते भानु नगरपालिकाले कन्ट्याकट ट्रेसिङका आधारमा १२६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागी पठाएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
उनले भने ‘आज आएको रिपोर्ट त्यही मध्यको हो ।’ अन्यको भने रिपोर्ट नआएको भट्टराईले जानकारी दिए ।
उनीहरु मध्य प्रहरीलाई दमौली अस्पतालको आइसोलेसन क्रियापुत्री भवनमा र अर्का निर्माण व्यवसायीलाई भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।
योसंगै भानु नगरपालिकामा समुदायका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अहिलेसम्म भानु नगरपालिकामा कोरोना संक्रमितको संख्या ३३ जना पुगेको छ ।

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’