लमजुङमा चिप्लिएर लड्दा नदीले बगाई चालक बेपत्ता

लमजुङमा चिप्लिएर लड्दा नदीले बगाई चालक बेपत्ता

trishuli-river-

लमजुङ – लमजुङमा नदीले बगाएर एक टिपरका चालक बेपत्ता भएका छन् ।

जिल्लाको राईनास नगरपालिका वडा नं -७ बाङग्रेचोरको ओख्ले सागो नजिकै चेपे नदीले बगाउँदा अर्घाखाँची सन्धीखर्क घर भइ हाल निर्माणधिन मध्यपहाडी लोकमार्गमा टिपर चालकको रुपमा काम गर्ने वर्ष २१ का अनिल खड्का बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चेपे नदी नजिकै हिंड्ने क्रममा अचानक चिप्लिएर खड्का नदीमा खसेका थिए । बर्षातको समय नदीमा पानीको बहाव बढी भएका कारण खड्कालाई बगाएको प्रहरीको अनुमान छ ।

बेपत्ता खड्काको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds