एजेन्सी – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को उद्गम स्थल चीनको वुहान सहर हो । तर, आज कोरोना भाइरसको त्रास र संक्रमणले सम्पूर्ण विश्व आक्रान्त बनिरहेका बेला वुहान सहरमा भने एक भव्य कन्सर्ट पार्टीको आयोजना सम्पन्न भएको छ ।
सामाजिक संजालमा भाइरल भइरहेको उक्त आयोजनाका तस्विरलाई लिएर धेरैले आलोचना गरेका छन् । सम्पूर्ण विश्व कोरोनाको डरले सहर नै बन्द गर्ने र घरभित्रै थुनिने अवस्थामा पुगेका बेला वुहानमा भएको वाटर पार्क कन्सर्टले धेरैको ध्यान वुहान तर्फ तानिएको छ ।
तर, यस बिषयमा भइरहेको आलोचनाको प्रत्युत्तरमा चीनले दिएको जवाफ भने बडो गज्जवको छ । उसले भनेको छ, ‘अंगुर अमिलो छ भनेर चित्त बुझाउनुको विकल्प अरुसँग छैन । किनकी अन्य देशहरुले ठिक ढंगले कोरोना महामारीको व्यवस्थापन गर्न नजानेर समस्या जटिल बनेको हो ।’

अगष्ट १७ तारिखमा त्यहाँ भएको कन्सर्टको भिडियो र तस्बिरहरु सार्वजनिक भएको थियो । जसमा कुनै पनि सहभागीहरुले मास्क लगाएका थिएनन् । न त, सामाजिक दुरी नै कायम भएको थियो । त्यसैले तस्बिर र भिडियोहरु अहिले भाइरल बनिरहेका छन् ।
चीनले भने कोरोना पछिको आशाको वातावरण बनेको अर्थमा तस्बिरलाई सार्वजनिक गरेको बताएको छ । तर, अष्ट्रेलियाबाट प्रकाशित हुने डेल्ली टेलिग्राफले भने संसारले भाइरसको मूल्य तिर्नु परेका बेला वुहानले समुन्द्री किनारमा मोजमस्ती गरेको भन्दै आलोचना गरेको छ । जसलाई जवाफ दिने क्रममा चीनले विदेशीहरुको अंगुर अमिलो छ भन्ने कथनसँग जोडेको छ ।
चीनको सरकार नियन्त्रित सञ्चार माध्यम ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा भनिएको छ, ‘यो वुहान सहरका बासिन्दाहरुको दृष्य हो । जहाँ मानिसहरु नाचिरहेका छन् । र, गर्मीको बेला वाटर पार्कको चिसो पानीका रमाइरहेका छन् । यो त्यहि सहर हो जुन ७६ दिनसम्म लकडाउनमा थियो ।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ