पोखरा – गण्डकीमा कोरोना संक्रमितको संख्या १८९१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी सोमबार दिउँसोको दोस्रो बिज्ञप्ति अनुसार प्रदेशको दुई जिल्ला कास्की र नवलपुरमा थप १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२९ की २० वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिका -१२ का ४७ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ ।संक्रमित व्यक्ति नवलपरासीबाट ट्रकमा सामग्री लिएर सुर्खेत जाने क्रममा बबई चेकपोष्टमा नमुना संकलन गरिएकोमा सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित दुवै जनालाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षामा राखिसकिएको छ ।
यस्तै गत असार १७ गते कोरोना संक्रमणका कारण मृत्यु भएका म्याग्दीका नाबालकको मृत्युको तथ्यांकलाई गण्डकी प्रदेशको तथ्यांकमा समावेश गरिने भएको छ ।
जनसंख्या मन्त्रालयको प्राप्त प्रतिवेदनका आधारमा गण्डकी प्रदेश अन्तर्गत मृत्यु भएका उक्त नाबालकको मृत्युको तथ्यांक गण्डकी प्रदेशमा जोडिने भएको हो ।
गत असार १७ गते उपचारका क्रममा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं -४ का ४७ दिनका बालकको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको थियो । बालकको मृत्यु संख्या समावेश भए संगै अब गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । भने, संक्रमणबाट निको हुनेको संख्या १६१९ अर्थात् ८५.६१ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु