गण्डकीमा मृत्यु हुने संख्या ८, दुई महिना अघि मृत्यु भएका नाबालक बल्ल समावेश !

गण्डकीमा मृत्यु हुने संख्या ८, दुई महिना अघि मृत्यु भएका नाबालक बल्ल समावेश !

Gandaki Province

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या कति ? स्वास्थ्य मन्त्रालयको भनाई आधार मान्ने हो भने अहिलेसम्म ८, स्वास्थ्य निर्देशनालय गण्डकीको कुरा मान्ने हो भने ७ । यसरी, प्रदेश र संघबाट अहिलेसम्म यस्तै विवरण आउँथ्यो । अब भने स्वास्थ्य निर्देशनालय गण्डकीले मृत्यु संख्या ८ जना नै भएको निश्चित गरेको छ ।

गत असार १७ गते उपचारको क्रममा कोरोनाका कारण काठमाण्डौमा मृत्यु भएका म्याग्दी धौलागिरी गाउँपालिका ४ का ४७ दिनका बालक गण्डकी प्रदेशमै समावेश गरिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले विज्ञप्ती मार्फत जनाएका छन् । निर्देशनालयले अहिलेसम्म यो विवरण आफ्नो आँकडामा समावेश नगरी सञ्चारकर्मीलाई अफ्ठेरो पारेका थिए ।

गण्डकी प्रदेशमा कोरोनाबाट कास्की र स्याङ्जाका २–२ जना तथा तनहुँ, गोरखा, बागलुङ र म्याग्दीका १–१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ