२४ घण्टामा नेपालभर थपिए ८५५ नयाँ कोरोना संक्रमित,सात जनाको मृत्यु

२४ घण्टामा नेपालभर थपिए ८५५ नयाँ कोरोना संक्रमित,सात जनाको मृत्यु

corona nepal

नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाण्डूमा एक महिलासहित तीन जना एवम् सिराहा, पर्सा, धनुषा र रूपन्देहीका एक (एक जना छन्। अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्।

यो वृद्धिसँगै नेपालमा कोभिड (१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ।

सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा। गौतमले बताए। तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। निको हुनेको कुल सङ्ख्या १९,११९ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds