पोखरा – गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बुधबार बिहानको पहिलो र दोस्रो विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्लाका १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु कास्की, लमजुङ र नवलपुरका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -१४ वस्ने ५८ वर्षीय बृद्धमा कोरोना पुष्टि भएको छ ।
यता क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङको बेसीशहर नगरपालिका वडा नं -३ स्थित नेपाल आर्मीमा कार्यरत ३९, ३९ र ३८ वर्षका तीनजना पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं -८ का ४७ वर्षीय पुरुष, वडा नं -१४ की ४९ वर्षीय महिला र वडा नं -१६ का दुई ३३ र २८ वर्षका पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । भने, गैंडाकोट नगरपालिका वडा नं – १३ का ३० र २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये नवलपुर गैंडाकोटका दुई जना भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा नुमना स्वाब दिएका मध्ये हुन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकिएको छ ।
गण्डकीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९४६ पुगेको छ । यसैगरी संक्रमणबाट मुक्त हुनेको संख्या १६४३ अर्थात् ८४.४७ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती