पोखरामा १ र गण्डकीका ५ जिल्लामा २५ कोरोना संक्रमित थपिए

पोखरामा १ र गण्डकीका ५ जिल्लामा २५ कोरोना संक्रमित थपिए

Corona update 2

गण्डकी प्रदेशमा विहीबार पोखरामा १ र गण्डकीका ५ जिल्लामा २५ जना कोरोना संक्रमित थपिएका छन् । विहीबार पछिल्लो दुई  विवरण अनुसार २६ जना थपिएका छन् । विहीबार नै पोखरमा एक महिलाको मृत्यु पुष्टि भइसकेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १६ का ७६ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।

यस्तै, विहीबार संक्रमण पुष्टि हुनेमा पवर्त जिल्ला वडा नं ४ का १ जना ३६  वर्षका पुरुष छन् ।

बाग्लुङमा बुधबार ८ जना कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । जस्मध्ये वडा नं १ मा २ जना २१ र ३४ वर्षीय पुरुष, वडा नं ३ मा ३ जना १, १९ र २७ वर्षीय महिला, वडा नं ८ मा १ जना २४ वर्षीय पुरुष, वडा नं १० मा १जना २८ वर्षीय पुरुष र वडा नं ६ मा १ जना ३१ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

लमजङमा बुधबार ४ जना कारोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । बेसीशहरमा कार्यरत २ जना २२ र ३७ वर्षीय पुरुषमा पुष्टी भएको निर्देशनालयले जनाएको हो ।

तनहूँ मा ९ जना कोरोना सङक्रमित पुष्टि भएको गण्डकी निर्देशनालयले जनाएको छ । तनहुँ म्याग्देमा गरिएको परिक्षमा वडा नं २ का ३४ र ६२ वर्षीय पुरुष, वडा नं ६ का २ जना ५८ र ५३ वर्षीय महिला, वडा नं ७ का ४ जना ३५,१ र ३७ वर्षीय पुरुष र १ जना ३१ वर्षीय महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

यस्तै नवलपरासीमा ३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मध्यविन्दु वडा नं १० का २ जना ४० र ५० वर्षीय पुरुष र वडा नं ५गैँडाका १ जना ३५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds