गण्डकी प्रदेशमा विहीबार पोखरामा १ र गण्डकीका ५ जिल्लामा २५ जना कोरोना संक्रमित थपिएका छन् । विहीबार पछिल्लो दुई विवरण अनुसार २६ जना थपिएका छन् । विहीबार नै पोखरमा एक महिलाको मृत्यु पुष्टि भइसकेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १६ का ७६ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।

यस्तै, विहीबार संक्रमण पुष्टि हुनेमा पवर्त जिल्ला वडा नं ४ का १ जना ३६ वर्षका पुरुष छन् ।
बाग्लुङमा बुधबार ८ जना कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । जस्मध्ये वडा नं १ मा २ जना २१ र ३४ वर्षीय पुरुष, वडा नं ३ मा ३ जना १, १९ र २७ वर्षीय महिला, वडा नं ८ मा १ जना २४ वर्षीय पुरुष, वडा नं १० मा १जना २८ वर्षीय पुरुष र वडा नं ६ मा १ जना ३१ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
लमजङमा बुधबार ४ जना कारोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । बेसीशहरमा कार्यरत २ जना २२ र ३७ वर्षीय पुरुषमा पुष्टी भएको निर्देशनालयले जनाएको हो ।
तनहूँ मा ९ जना कोरोना सङक्रमित पुष्टि भएको गण्डकी निर्देशनालयले जनाएको छ । तनहुँ म्याग्देमा गरिएको परिक्षमा वडा नं २ का ३४ र ६२ वर्षीय पुरुष, वडा नं ६ का २ जना ५८ र ५३ वर्षीय महिला, वडा नं ७ का ४ जना ३५,१ र ३७ वर्षीय पुरुष र १ जना ३१ वर्षीय महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यस्तै नवलपरासीमा ३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मध्यविन्दु वडा नं १० का २ जना ४० र ५० वर्षीय पुरुष र वडा नं ५गैँडाका १ जना ३५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको हो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु