नवलपुरमा थप २७ जनामा कोरोना पुष्टि, गण्डकीमा एकै दिन संक्रमितको संख्या ५३ पुग्यो

नवलपुरमा थप २७ जनामा कोरोना पुष्टि, गण्डकीमा एकै दिन संक्रमितको संख्या ५३ पुग्यो

Corona update 2

पोखरा । नवलपुरमा एकै पटक २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले बिहीबार तेस्रो बिज्ञप्ती जारी गर्दै नवलपुरमा थप २७ जना कोरोना पुष्टी भएको जनाएको हो । गण्डकी प्रदेश बाहिरका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको निर्देशनालयले जानकारी दिएको हो ।

यसरी संक्रमित हुनेमा गैंडाकोट, कावासोती तथा विनय त्रिवेणीका रहेका छन् । यो संगै गण्डकी प्रदेशमा एकै दिन गण्डकीमा ५३ जना संक्रमण पुष्टि  भएको  हो ।

यो पनि

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ५ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या १ हजार ६ सक्ष् ७२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds