मेघा बैंक बगर शाखामा कार्यरत पोखरा १० की महिलामा कोरोना पुष्टि

मेघा बैंक बगर शाखामा कार्यरत पोखरा १० की महिलामा कोरोना पुष्टि

corona-affected

सांकेतिक तस्बिर ।

पोखरा – पोखरा महानगरपालिका बगर -१ स्थित मेघा बैंकमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयको दिउँसो प्रकाशित विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा  पोखरा -१० निवासी ३१ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै लमजुङको बेसीशहरस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ ।

शुक्रबार मात्र लमजुङ जिल्लाका २६ जना मध्ये एक थुनुवा सहित २३ जना प्रहरीमा कोरोना पुष्टि भएकोमा शनिबार पुनः प्रहरी कार्यालयका ६ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा २० वर्षका दुई जना सहित २८, ३० र ३३ वर्षका ५ जना पुरुष र ४० वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमा नमुना स्वाब दिएका मध्ये हुन् । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २०९४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ