म्याग्दीमा फूल टिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

म्याग्दीमा फूल टिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

dang_karuwa-gaun-4

बेनी – फुल टिप्ने क्रममा करेन्ट लागेर म्याग्दीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बेनी नगरपालिका वडा नं -९ काउलेस्थित गौंडा बस्ने कृष्ण चोखालको श्रीमती बर्ष २६ कि शिवा चोखालको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नो घर नजिकै रहेको फूल टिप्ने क्रममा बिद्युतको लाइन लिक भइ करेन्ट प्रवाह भएको कारण उनलाई झट्का लागेको हो । लगत्तै उपचारका लागि बेनी अस्पताल पुर्याइएपनि बुधबार बिहान ८:४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ