स्याङ्गजामा बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागेर पैदल यात्री घाइते, अवस्था गम्भीर

स्याङ्गजामा बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागेर पैदल यात्री घाइते, अवस्था गम्भीर

banduk-gun

सांकेतिक तस्विर

स्याङ्गजा – बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागेर स्याङ्गजाको अर्जुन चौपारीमा एक व्यक्ति घाइते भएका छन् ।

अर्जुनचौपारी गाउँपालिका -१ माझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षत्रीले आफ्नो बारिमा मकै खान आएको बाँदर धपाउनको लागि पड्काएको एक नाले भरुवा बन्दुकको छर्रा लागेर बाटोमा हिंडिरहेका सोही स्थान बस्ने वर्ष ४५ का भिम बहादुर गोदार घाइते भएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार घाइते गोदारको पेटमा एउटा छर्राले भेटेको छ । उनलाई उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

बन्दुक पड्काउने क्षत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ