तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मध्यरातमा खसी बोका चोरी गर्दै हिड्ने ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ व्यक्तीहरुमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं ४ भिरकोट बगैँचा बस्ने १९ वर्षीय सुमन नेपाली, व्यास नगरपालिका वडा नं ४ ट्याङकीडाँडा बस्ने २३ वर्षीय भरत सुनार, व्यास नगरपालिका वडा नं ५ साँगे बस्ने १९ वर्षीय सुमन कुमाल र व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने २४ वर्षीय रामचन्द्र पौडेल रहेको प्रहरील जनाएको छ ।
गत बिहिबार बिहान अन्दाजी १:३० बजेको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं १ मुसेखोला बस्ने ४१ वर्षीय कमल बहादुर लुङगेलीले पालन पोषण गर्दै आएको बाख्रा खोरबाट बोका र पाठी चोरी भएको जानकारी प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त भएको थियो ।
सुचना प्राप्त हुनासाथ घटना स्थान तथा चोरी गरी भाग्ने उम्कने बाटो समेतमा खोजतलास गर्दै गर्दा चोरी भएका बाख्रा बेचबिखन गर्नको लागी लैजादै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी भएको खसीसहित फेला पारेकोले र चारै जनालाई कानून बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको थियो ।
चोरी मुद्दामा म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन