पोखरामा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको २० औंशाखा बिस्तार

पोखरामा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको २० औंशाखा बिस्तार

ghuheswori merchant finance photo (2)

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २० औ शाखा पोखरा न्यूरोडमा बिस्तार गरेको छ । फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्यूरोड पोखरामा शुरु भएको यो २० औं शाखाको सुरुवात पछि संस्थाको देशभर २० वटा शाखा र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएका छन ।

यस वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा रु. १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु. ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु. ३ अर्ब ७९ करोड प्रवाह भएको छ भने कुल नाफा रु. ९ करोड ६६ लाख रहेको छ ।

हरिहरभवन, ललितपुरमा प्रधान कार्यालय रहेको संस्थाको प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर छन । बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको बताइएको छ ।

संस्थाले सम्पुर्ण बैंकिङ्गसगैं एटिएम,एसएमएस,ई बैंकिङ्ग , ईसिसि,आइपिएस,मोबाइल बैंकिङ्ग,लकर सुविधा,टपअप सुबिधा,विभिन्न विप्रेषन सेवा प्रदान गरिरहेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds