बाग्लुङमा बाढीमा परेर बेपत्ता १४ जनाको शव भेटियो, १३ जनाको सनाखत, २४ अझै बेपत्ता

बाग्लुङमा बाढीमा परेर बेपत्ता १४ जनाको शव भेटियो, १३ जनाको सनाखत, २४ अझै बेपत्ता

badhii

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्येमध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ । शव क्षतविक्षत अवस्थामा रहेका कारण पहिचानमा ढिलाई भइरहेको प्रहरीको भनाइ छ ।

पहिचान भएकामा ढोरपाटन नगरपालिका वडा नं. ९ घर भएकी २३ वर्षिया दिलमाया पुन, ३१ बर्षिया रिमकुमारी घर्ति मगर, ३२ बर्षिया सिता बुढा, वडा नं. ९ कै २६ वर्षिया केशमाया बिक, ११ वर्षिय मदन बिक, २२ बर्षिय जीवन बिक र ११ बर्षिय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

त्यसैगरि, ६ बर्षिय बिराज बिक, २३ बर्षिया दिलमाया पुन, ३१ बर्षिय प्रेम पुन, १३ बर्षिया पुनि बिक, ६५ बर्षिय डोटी पुन र ४६ बर्षिय करबहादुर बिकको पहिचान गरि जिम्मा लगाइएको भण्डारीले बताए ।

बाढीमा परेका अझै २४ जना बेपत्ता छन् । बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो ।  बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।

बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका ५ शाखामध्ये ४ भवन, सडक छेउमा पार्किङ गरेर राखिएको १ जीप र मोटरसाइकल बगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ