बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्येमध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ । शव क्षतविक्षत अवस्थामा रहेका कारण पहिचानमा ढिलाई भइरहेको प्रहरीको भनाइ छ ।
पहिचान भएकामा ढोरपाटन नगरपालिका वडा नं. ९ घर भएकी २३ वर्षिया दिलमाया पुन, ३१ बर्षिया रिमकुमारी घर्ति मगर, ३२ बर्षिया सिता बुढा, वडा नं. ९ कै २६ वर्षिया केशमाया बिक, ११ वर्षिय मदन बिक, २२ बर्षिय जीवन बिक र ११ बर्षिय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
त्यसैगरि, ६ बर्षिय बिराज बिक, २३ बर्षिया दिलमाया पुन, ३१ बर्षिय प्रेम पुन, १३ बर्षिया पुनि बिक, ६५ बर्षिय डोटी पुन र ४६ बर्षिय करबहादुर बिकको पहिचान गरि जिम्मा लगाइएको भण्डारीले बताए ।
बाढीमा परेका अझै २४ जना बेपत्ता छन् । बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।
बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका ५ शाखामध्ये ४ भवन, सडक छेउमा पार्किङ गरेर राखिएको १ जीप र मोटरसाइकल बगाएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा