केही दिन संक्रमितको संख्या स्थिर रहेको स्याङ्जामा एकैपटक २२ जनामा भेटियो संक्रमण

केही दिन संक्रमितको संख्या स्थिर रहेको स्याङ्जामा एकैपटक २२ जनामा भेटियो संक्रमण

syangja bazar

स्याङ्गजा –  आइतबार स्याङ्गजाका एकैपटक २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाको ४ वटा वडा (नखुलेको २ बाहेक) मा एकैपटक २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ र ४७ वर्षीय पुरुष, वडा नं १ का ७६, ३४, ३०, ३५, २४ र ५५ वर्षीय पुरुष, नगरपालिकाकै वडा नखुलेकी ४५ वर्षीया महिला, वडा नं ३ का ४७,४४,५२ र ५० वर्षीय पुरुष, वडा नं १४ का ८ जना ४४, ३९, ३६, ३५, ३०, ३८, ५७ र ४६ वर्षीय पुरुष र वडा नखुलेको एक ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

आज संक्रमण पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

केही दिन यता संक्रमितको संख्या स्थिर देखिएको स्याङ्गजामा आइतबार पुनः ठूलो संख्यामा संक्रमितको पहिचान भएको छ । पछिल्लो समय नयाँ संक्रमितको दर अत्यन्त न्यून तर, भएका संक्रमित निको हुँदै जाँदा स्याङ्गजाका अधिकांश आइसोलेसन वार्ड खाली हुँदै गैरहेका थिए ।

आइतबार नै पोखरा महानगरका २० जनामा कोरोना पुष्टि भएको छ भने, समग्र प्रदेशमा ६७ जना संक्रमित थपिएका छन् ।

आइतबार ६७ जनामा संक्रमण पुष्टि हुँदा गण्डकीमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ