स्याङ्गजा – आइतबार स्याङ्गजाका एकैपटक २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाको ४ वटा वडा (नखुलेको २ बाहेक) मा एकैपटक २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ र ४७ वर्षीय पुरुष, वडा नं १ का ७६, ३४, ३०, ३५, २४ र ५५ वर्षीय पुरुष, नगरपालिकाकै वडा नखुलेकी ४५ वर्षीया महिला, वडा नं ३ का ४७,४४,५२ र ५० वर्षीय पुरुष, वडा नं १४ का ८ जना ४४, ३९, ३६, ३५, ३०, ३८, ५७ र ४६ वर्षीय पुरुष र वडा नखुलेको एक ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
आज संक्रमण पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।
केही दिन यता संक्रमितको संख्या स्थिर देखिएको स्याङ्गजामा आइतबार पुनः ठूलो संख्यामा संक्रमितको पहिचान भएको छ । पछिल्लो समय नयाँ संक्रमितको दर अत्यन्त न्यून तर, भएका संक्रमित निको हुँदै जाँदा स्याङ्गजाका अधिकांश आइसोलेसन वार्ड खाली हुँदै गैरहेका थिए ।
आइतबार नै पोखरा महानगरका २० जनामा कोरोना पुष्टि भएको छ भने, समग्र प्रदेशमा ६७ जना संक्रमित थपिएका छन् ।
आइतबार ६७ जनामा संक्रमण पुष्टि हुँदा गण्डकीमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ ।


सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?