लमजुङमा सरसफाई, बैंकका कर्मचारीदेखि एम्बुलेन्सका चालकमा कोरोना पुष्टि

लमजुङमा सरसफाई, बैंकका कर्मचारीदेखि एम्बुलेन्सका चालकमा कोरोना पुष्टि

lamajung

लमजुङ –  गण्डकी प्रदेशमा आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २५३१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार साँझको चौथो अद्यावधिक विज्ञप्ति अनुसार लमजुङका बिभिन्न चार पालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको सुन्दरबजार नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नखुलेका उनीहरु ३८, ३८, ३९,५२ र ३८ वर्षका ५ जना पुरुषका साथै २४ वर्षीया महिला छन् ।

यस्तै बेसीशहर नगरपालिका वडा नं २ का ४१ वर्षीय पुरुष, वा नं ३ का ४३ वर्षीय पुरुष, वडा नं ९ का २६ वर्षीया महिला र वडा नं ७ का ४४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

उता मर्स्याङदी गाउँपालिका वडा नं २ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ भने, राइनास गाउँपालिका वडा नं ९ ,८ र ६ का क्रमश २१, ५५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित मध्ये सुन्दर बजारका २ जना सरसफाईका कर्मचारी छन् भने, सोही पालिकाका ३८ वर्षीय पुरुष हालैमात्र भारतबाट आएका हुन् ।

यस्तै बेसीशहर २ का ४१ वर्षीय संक्रमित मुक्तिनाथ विकास बैंकमा कार्यरत हुन् भने, मर्स्याङदी गाउँपालिका २ का ५८ वर्षीय पुरुष एम्बुलेन्सका चालक हुन् ।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका व्यक्तिहरु भएको निर्देशनालयले जनाएको छ । 

संक्रमित सबैलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ