लमजुङ – गण्डकी प्रदेशमा आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २५३१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार साँझको चौथो अद्यावधिक विज्ञप्ति अनुसार लमजुङका बिभिन्न चार पालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको सुन्दरबजार नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नखुलेका उनीहरु ३८, ३८, ३९,५२ र ३८ वर्षका ५ जना पुरुषका साथै २४ वर्षीया महिला छन् ।
यस्तै बेसीशहर नगरपालिका वडा नं २ का ४१ वर्षीय पुरुष, वा नं ३ का ४३ वर्षीय पुरुष, वडा नं ९ का २६ वर्षीया महिला र वडा नं ७ का ४४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
उता मर्स्याङदी गाउँपालिका वडा नं २ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ भने, राइनास गाउँपालिका वडा नं ९ ,८ र ६ का क्रमश २१, ५५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित मध्ये सुन्दर बजारका २ जना सरसफाईका कर्मचारी छन् भने, सोही पालिकाका ३८ वर्षीय पुरुष हालैमात्र भारतबाट आएका हुन् ।
यस्तै बेसीशहर २ का ४१ वर्षीय संक्रमित मुक्तिनाथ विकास बैंकमा कार्यरत हुन् भने, मर्स्याङदी गाउँपालिका २ का ५८ वर्षीय पुरुष एम्बुलेन्सका चालक हुन् ।
अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका व्यक्तिहरु भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु