विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड नजिक

विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड नजिक

Coronavirus-696×318

काठमाण्डौ (एजेन्सी) – विश्वभर कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट निको हुनेको संख्या २ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार हालसम्म १ करोड ९५ लाख ९४ हजार ७०१ जना मानिस संक्रमणबाट निको भएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ हालसम्म संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुगेको छ । जसमध्ये ३७ लाख ५८ हजार ६२९ संक्रमित निको भएर घर फर्केका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२ लाख ८४ हजार १०३ जनामा संक्रमण हुँदा निको हुनेको संख्या भने ३३ लाख २४ हजार ६० पुगेको छ ।

संक्रमणको तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जनामा संक्रमण हुँदा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ ।

रसियामा १० लाख ३० हजार ६९० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ८ लाख ४३ हजार २७७ पुगेको छ ।

पेरुमा संक्रमितको संख्या ६ लाख ९१ हजार ५७५ छ भने निको हुनेको संख्या ५ लाख २२ हजार २५१ पुगेको छ।

विश्वभर कोरोना भाइरसबाट २ करोड ७५ लाख ९१७ जना संक्रमित भएका छन् । जसमध्ये ८ लाख ९६ हजार ९८८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ