काठमाण्डौ (एजेन्सी) – विश्वभर कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट निको हुनेको संख्या २ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार हालसम्म १ करोड ९५ लाख ९४ हजार ७०१ जना मानिस संक्रमणबाट निको भएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ हालसम्म संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुगेको छ । जसमध्ये ३७ लाख ५८ हजार ६२९ संक्रमित निको भएर घर फर्केका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२ लाख ८४ हजार १०३ जनामा संक्रमण हुँदा निको हुनेको संख्या भने ३३ लाख २४ हजार ६० पुगेको छ ।
संक्रमणको तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जनामा संक्रमण हुँदा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ ।
रसियामा १० लाख ३० हजार ६९० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ८ लाख ४३ हजार २७७ पुगेको छ ।
पेरुमा संक्रमितको संख्या ६ लाख ९१ हजार ५७५ छ भने निको हुनेको संख्या ५ लाख २२ हजार २५१ पुगेको छ।
विश्वभर कोरोना भाइरसबाट २ करोड ७५ लाख ९१७ जना संक्रमित भएका छन् । जसमध्ये ८ लाख ९६ हजार ९८८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु