कांग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना पुष्टि

कांग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना पुष्टि

sashank_koirala

काठमाण्डौ –  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा मंगलबार  कोइरालाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोमबार १०४ डिग्रीसम्म ज्वरो आएपछि कोइरालको स्वाब परीक्षणका लागि ह्याम्स अस्पताल लगिएको थियो। तर ह्याम्स अस्पतालले यकिन रिपोर्ट दिन नसकेपछि फेरि टेकु पठाइएको थियो ।

कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल उनका परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds