मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर बागलुङमा युवकको मृत्यु

मोवाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर बागलुङमा युवकको मृत्यु

thunder-death

मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए।

चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवकको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

चट्याङ परेको बेला विद्युतीय उपकरण चलाउन नहुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds