शुक्रबार बिहानै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

शुक्रबार बिहानै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

Gandaki covid corona 4

पोखरा – पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार कास्की सहित प्रदेशका ४ जिल्लाका  १७ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५१ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

स्याङ्गजा पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष र वडा नखुलेको अर्का ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

यता क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुरको कावासोतीमा १ र गैंडाकोटका ११ गरी कूल १२ जनामा कोरोना संक्रमण देखिएको छ।

आज पुष्टि भएका संक्रमित मध्ये पोखरा, तनहुँ र स्याङ्गजा पुतलीबजार १ का ४० वर्षीय संक्रमित प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका हुन् भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४४७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds