पोखरा – पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार कास्की सहित प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५१ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
स्याङ्गजा पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष र वडा नखुलेको अर्का ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
यता क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुरको कावासोतीमा १ र गैंडाकोटका ११ गरी कूल १२ जनामा कोरोना संक्रमण देखिएको छ।
आज पुष्टि भएका संक्रमित मध्ये पोखरा, तनहुँ र स्याङ्गजा पुतलीबजार १ का ४० वर्षीय संक्रमित प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका हुन् भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४४७ पुगेको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु